सर्लाही, २३ फागुन । सर्लाहीको बलरा नगरपालिका-२ मा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी माया कुमारी रहेकी प्रहरीले जनाएकाे छ ।
भारतिय नम्बरको कारले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हाे । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।