काठमाडौं । हास्यकलाकार तथा मोडल सागर लम्साल क्षेत्री ‘बले’ लाई पितृ शोक परेको छ। उनका बुबा तथा लोकगायक समेत रहेबका राजेन्द्र लम्सालको सोमबार राति निधन भएको हो ।
१२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालले धेरै गीतहरु गएका थिए । उनले । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’ लगायतका दर्जन गीत गाएका छन्। उनको शव स्पेनबाट नेपाल ल्याइने भएको छ ।