काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अदालतलाई धम्काउनु भनेको राष्ट्रको लागि बलिदान दिने शहिदहरुको अपमान गरेको हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि मंगलबार नेता शाहीले सामाजिक सञ्जालमा यस्तो बताएका हुन् ।
मंगलबार नै माओवादी युद्धकालमा मारिएका व्यक्तिका आफन्तले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । यसै विषयतर्फ संकेत गर्दै शाहीले यस्तो बताएका हुन् ।
उनले लेखेका छन् – ‘अदालत लाई निष्पक्षरुपमा काम गर्न दिनु नै बिधिको शासन र प्रजातान्त्रिक मुल्य मान्यताको पालना गर्नु हो । त्यसैले कानुनी प्रक्रियामा आएका मुद्दाहरु अदालतले दर्ता गर्नु उसको कर्तव्य हो ।पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी बिधिको शासन हुन सक्छ रु यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस । ‘
‘बिधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरुले अकालमै ज्यान गुमाएका हुन त्यसैले अदालतलाई धम्काउनु भनेको यो राष्ट्रको लागि बलिदान दिने शहिदहरुको अपमान गर्नु हो।अदालतलाई धम्काउनेलाई अब जनताले र यो राष्ट्रले माफी दिन्छ जस्तो लाग्दैन समय बलवान् हुन्छ सत्यको ढिलो हुन्छ तर बिजय निस्चित छ ।।’