प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै-Sutra News

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने भएको छ ।



माओवादी युद्धकालमा मारिएका व्यक्तिका आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि यसको विरोधमा मंगलबार बेलुका ५ बजे अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गर्ने भएको हो ।

१ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको ह त्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट