श्रीमान् विरुद्ध अंश मुद्दा हालेकी निशाले भनिन् – शरद र ममा अथाह माया र सम्मान छ, हामि ठिक छौं-Sutra News

श्रीमान् विरुद्ध अंश मुद्दा हालेकी निशाले भनिन् – शरद र ममा अथाह माया र सम्मान छ, हामि ठिक छौं

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौं – अभिनेत्री निशा अधिकारीको श्रीमान् शरद भेषावकर विरुद्ध मुद्धा हालेको खबरपछि निशाले आफूहरू ठिकठाक रहेको बताएकी छन्। निशाले भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्धा हालेकी थिइन् । मुद्धाको खबरपछि निशाले सामाजिक सञ्जालमार्फत आफूहरू ठिकठाक रहेको बताएकी हुन्।



सामाजिक संजाल फेसबुकमा एक लामो स्टाटस लेख्दै आफूहरुले अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेको बताएकी छिन् । उनले लेखेकी छन्, ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो र हामी परिपक्वता र करुणाका साथ राम्रो तरिकाले यी चिजमा काम गरिरहेका छौं ।’

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्।विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट