संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगतको तजविजीमा टुंगिने कुरा होइन – बाँस्कोटा-Sutra News

संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगतको तजविजीमा टुंगिने कुरा होइन – बाँस्कोटा

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगतको तजविजीमा टुंगिने कुरा नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि यही बिषयलाई लिएर बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।



उनले भनेका छन् – ‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्दरतपक्षको मिलीभगत वा सत्ता र शक्तिको तजविजीमा टुंगिने कुरा हैन।यो पीडीतपक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानुनी,ब्यक्तिगत र संबैधानिक अधिकारको प्रश्न पनि हो।’

१ माघ २०७३ मा टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी लिने प्रचण्डको अभिव्यक्तिलाई समेत आधार मानेर मुद्दा दायर गरिएको हो । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट