भएभरका अधिवक्ता प्रचण्डलाई बचाउन सक्रिय, सर्वोच्चको कदमप्रति चर्को असन्तुष्टि-Sutra News

भएभरका अधिवक्ता प्रचण्डलाई बचाउन सक्रिय, सर्वोच्चको कदमप्रति चर्को असन्तुष्टि

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९
nepal bar

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि दायर मुद्दा र यसबाट उत्पन्न विवादका विषयमा कानून व्यवसायीहरुको संस्था नेपाल बार एसोसियसनले असन्तुष्टि जनाएको छ ।



मंगलबार एक विज्ञप्ति निकाल्दै बारले सांकेतिक रुपमा असन्तुष्टि जनाएको हो ।

‘आफ्नो कार्य क्षेत्राधिकारअन्तर्गतका विषयहरुमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरु प्रकाशित भएको पाइएकोमा यस एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले निकालेको विज्ञप्तिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र दुई आयोगहरु जिम्मेवार हुनु जरुरी रहेको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट