प्रचण्डविरुद्ध अदालतमा रिट परेपछि एमाले सचिवले भने- अपराधीलाई उन्मुक्ति हुँदैन-Sutra News

प्रचण्डविरुद्ध अदालतमा रिट परेपछि एमाले सचिवले भने- अपराधीलाई उन्मुक्ति हुँदैन

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् ।



प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले ट्विटरमा भनेका छन्,’संक्रमणकालीन न्यायलाई मागी खाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ। वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ। परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ। न्याय मर्नु हुँदैन, अपराधीलाई उन्मुक्ति हुँदैन । दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट