काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न विप्लव र नेकपा प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।
भेटमा विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने बताएका थिए भने प्रचण्डले सहमती अनुसार काम अघि बढाउने बताएका थिए। यस्तै प्रचण्ड लागतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता पछिको परिस्थिति लगायतको विषयमा पनि छलफल भएको छ ।