अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको छ – गगन थापा-Sutra News

अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको छ – गगन थापा

बुधबार, २४ फाल्गुन २०७९

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताएका छन् ।



मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफलमा नेता थापाले यस्तो बताएका हुन् ।

उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णय गर्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै उनले अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट