काठमाडौं – राष्ट्रपति निर्वाचनको मिति नजिकै आइसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसबारे कुनै निर्णय लिएको छैन । पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार पार्टीले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने बताए ।
उनले राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने बताएका हुन् । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदैछ ।
भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार उठाएको छ भने नेकपा ९एमाले० ले पार्टी उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।