राष्ट्रपति निर्वाचनको तयारी पूरा, को बन्ला नयाँ राष्ट्रपति ?-Sutra News

राष्ट्रपति निर्वाचनको तयारी पूरा, को बन्ला नयाँ राष्ट्रपति ?

बुधबार, २४ फाल्गुन २०७९

बुधबार, २४ फाल्गुन २०७९

काठमाडौं, २४ फागुन । बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको हो ।



नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । राष्ट्रपति पदको निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता रहने भएकाले उनीहरुलाई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपतिका लागि कांग्रेस, माओवादी केन्द्रसहित नौ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।


 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट