काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समयको गतिसँगै विज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्ने बताउकी छिन् । बुधबार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा डब्ल्युआइआइटीले आयोजना गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताउकी हुन् ।
उनले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताइन् । उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाले सूचना सञ्चारको क्षेत्रमा भइरहेको तीव्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाले सक्रिय भूमिका खेल्न सक्ने कुरामा आधार बढ्दै गएको बताउकी छिन् ।
विगतको जनयुद्धमा बन्दुक र बच्चा साथसाथै बोकेर महिलाले गणतन्त्र ल्याएको स्मरण गराउँदै उनलेभनिन् “अब संविधान र कानूनले सुनिश्चित गरेका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।”