५ सय रुपैयाले घट्यो सुनचाँदीको मूल्य-Sutra News

५ सय रुपैयाले घट्यो सुनचाँदीको मूल्य

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं, २५ फागुन । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।



यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट