‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु, मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागे’-Sutra News

‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु, मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागे’

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं – गायक राजेश पायल राईले बिना प्रमाण आफूमाथि मानहानि गर्न खोजिएको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत गायक राईले प्रमाण ल्याए पाउमा शिर राखिदिने समेत बताएका छन्।



बुधबार गायक राईकी पत्नी साङबुङ राईको एक स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सो स्टाटसमा साङबुङले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको बताएकी थिइन् । पछि सो स्टाटस पनि उनले हटाइन् । अहिले सो बिषयलाई लिएर गायक राईमाथि विभिन्न टिकाटिप्पणी गरिएको छ ।

यसै बिषयलाई लिएर गायक राईले आफूमाथि झुठो आरोप लगाइएको बताएका हुन् । उनले विना प्रमाण आफूमाथि अनेक–अनेक तुच्छ भाषा प्रयोग गर्न नमिल्ने बताएका छन् ।यस्तै उनले आफूलाई समाप्त पार्ने गिरोह आफूमागि लागिपरेको पनि बताएका छन् ।

उनले लेखेका छन् – गम्भिर आपती 🤺प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु || एउटा Status कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ? मेरो ब्यक्तिगत details छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म challenge दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु 🤟हिजो घटेको घटना रहेछ बच्चालाई hospital लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन 🇳🇵यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । #सायारेम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट