राष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान गर्ने-Sutra News

राष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान गर्ने

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएको छ । बिहिबार बसेको संसदीय दलको बैठकमा राष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्णय गरिएको एक नेताले बताए ।



रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरु सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट