राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्छ – गगन थापा-Sutra News

राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्छ – गगन थापा

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं – सांसद् गगन थापाले राष्ट्रपतिले राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्ने बताएका छन् । बिहिबार सद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले यस्तो बताएका हुन् । उनले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।



संसद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको बताएका हुन् । अब आउने राष्ट्रपतिले धेरै कुरालाई सच्याउँदै लानुपर्ने भन्दै उनले संस्थाप्रतिको जनविश्वास जोगाउनुपर्ने बताए ।

उनले भने राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पुर्‍याउनुपर्छ । हामीले बनाएको नियम कानुन हो । राष्ट्रपतिलाई दोष दिएर हुँदैन । राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो । यो क्रमलाई भंग गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट