राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई देउवाको बधाई-Sutra News

राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई देउवाको बधाई

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं, २५ फागुन-नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।’राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ देउवाले लेखेका छन् । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।



निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट