जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने-Sutra News

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

बिहिबार, २५ फाल्गुन २०७९

बिहिबार, २५ फाल्गुन २०७९

काठमाडौं, २५ फागुन-जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।



बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट