प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै-Sutra News

प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

शुक्रबार, २६ फाल्गुन २०७९

शुक्रबार, २६ फाल्गुन २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेका कारण आज हेरिने भएको छ ।



माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।

माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।

उनको मुद्दामा आज सुनुवाई हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट