अरुले भन्दा राम्रै काम गर्छु- नवनिर्वाचित राष्ट्रपति पौडेल-Sutra News

अरुले भन्दा राम्रै काम गर्छु- नवनिर्वाचित राष्ट्रपति पौडेल

शुक्रबार, २६ फाल्गुन २०७९

शुक्रबार, २६ फाल्गुन २०७९

राष्ट्रपतिमा नवनिर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् ।



राष्ट्रपतिमा निर्वाचित भए पछि तनहुँवासी, मतदाता देखी प्रतिस्पर्धी सुवासचन्द्र नेम्वालाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दिगो शान्ति, सुशाषन, विकास र समृद्धिको आकंक्षा पुरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।

‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भुमिकाले संविधान र शाषनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा बिद्यिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधिनताको रक्षा, संविधानको पालान र संरक्षण गर्ने संबैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ पौडलले निर्वाचित भएपछि जारी गरेको बक्तब्यमा भनेका छन, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशाषन, विकास र समृद्धिकोको आंकक्षा पुर गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।’

पाैडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दैै प्रतिनिधिसभा र संविधानसभामा बिजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै  तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट