पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु-Sutra News

पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु

शुक्रबार, २६ फाल्गुन २०७९

शुक्रबार, २६ फाल्गुन २०७९

काठमाडाैं, २६ फागुन । काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।



मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट