काठमाडौं । हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेज पछिल्लो समय चर्चामा छिन् । इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेर रेकर्ड बनाएकीसेलेना अहिले प्रेम प्रशंगकाकारण पनि चर्चामा छिन् ।
उनी अहिले जेन मलिकसँग प्रेममा रहेको चर्चा चल्न थालेको छ ।इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै उनीशरुबीच सहकार्यसँगै अफेयरको चर्चा चलेको हो । मलिकले सेलेनालाई इन्स्टाग्राममा फलो मात्र गरेनन्, सेलेनाकी आमा त्रिशा मलिकले पनि गायकलाई फलो गरेको देखिएको छ ।आगामी प्रोजेक्टको लागि सँगै काम गर्ने खबर बाहिरिएसँगै फ्यानहरु पनि खुशी भएका छन् । अहिले उनीहरुबीच प्रेमसम्बन्ध अघि बढेको अुनसक्ने अनुमान लगाउन थालिएको छ ।
सेलेना जस्टिन बिबरसँगको अफेयर टुटेपछि एक्लैछिन् भने गायक मलिक पनि गिगी हदिदसँगको वैवाहिक विग्रिएपछि एक्लै छिन् ।