काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएलगत्तै अब उपराष्ट्रपतिको निर्वाचनको तयार िशुरु गरिसकेको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएसँगै राजनीतिक दलहरुमा कसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने कुरा चलिरहेको छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ ।
यसअघि सत्तारुढ गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति भएको बताइए पनि कांग्रेसले भने यस्तो सहमती नभएको बताइरहेको छ । जसपाले पनि उपेन्द्र रामसहायप्रसाद यादवलाई उठाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।