नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको ओलीको आरोप-Sutra News

नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको ओलीको आरोप

शुक्रबार, २६ फाल्गुन २०७९

शुक्रबार, २६ फाल्गुन २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको बताएका छन् । शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासङ्घको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै यस्तो बताएका हुन् ।



माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको भन्दै उनले विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको बताए ।

उनले दुई तिहाइमा पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको आरोप समेत लगाए । निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीहरूले पनि सफलता हासिल गर्न सक्ने भन्दै उनले त्यहीअनुसारले अघि बढ्न खेलाडीहरूको ध्यानाकर्षण गराउए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट