जनमत पार्टीले सप्तरीकी ममता झालाई उपराष्ट्रपति उठाउने निर्णय गरेको छ । जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो ।
सदभावना पार्टीबाट राजनीति सुरु गरेकी झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज हुन् । उनले स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा समेत उम्मेदवारी दिएकी थिइन् ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता सप्तरीका स्थानीयहरूले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजय भईसकेकोले उपराष्ट्रपति जुनसुकै पार्टीको महिला भएपनि महिलानै हुनुपर्ने दाबी गर्दै आएका छन् ।