काठमाडौं – आउँदो चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता गराउनेमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकी छन् ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जना रामसहायप्रसाद यादव र प्रमिला यादव रहेका छन् । यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने भएको छ । यस्तै आयोगका अन्ुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।