काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । उनको सपथ ग्रहणको लागि राष्ट्रपतिको कार्यालयले सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको छ । उनलाई न्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए ।