

काठमाडौँ – कार्यगत एकताका लागि तीन पार्टीबीच एकताको सहमति भएको छ ।शनिवार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको हो ।
तीन दलले मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेका हुन् ।
उतीन दलबीच भएको सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी ले हस्ताक्षर गरेका छन् । यस्तै उनीहरुबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने सहमती भएको छ ।