उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय-Sutra News

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय

आइतबार, २८ फाल्गुन २०७९

आइतबार, २८ फाल्गुन २०७९

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ ।



राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक रहेको जिकीर गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दाबी विरोध गरेका थिए । तर, रामसहाय यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निर्णय गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

संविधानअनुसार फरक लिंग वा समुदायको हुने व्यवस्था गरेकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुनगर्ने आयोगले निष्कर्ष निकालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट