काठमाडौं, २८ फागुन । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालाे लागेकाे छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा आएर रोकिएको छ ।
१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्सम ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा आएको छ । ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ । शिभम पावर लिमिटेड करिब १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीहरूले सर्वाधिक कमाएको छ ।
यता, शिभम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ८ करोड २१ लाख भन्दामाथिको कारोबार भएको छ ।यता हिमालय डिस्टिलरीको ५ करोड ७५ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसूचकहरूमा राताम्मै भएको छ ।