काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पार्टी का सभापति लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताए । अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको भन्दै उनले तुरुन्तै सरकारमा नजाने बताए ।
उनले भने – “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने र यसबारे पार्टीभित्र छलफल पनि नभएको बताए ।
उनले आफ्नो पार्टी छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको बताए ।