लोकप्रिय संगीतकार दीपक शर्माको दर्शन सलाम करोड क्लबमा-Sutra News

लोकप्रिय संगीतकार दीपक शर्माको दर्शन सलाम करोड क्लबमा

सोमबार, २९ फाल्गुन २०७९

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘दर्शन सलाम’ करोड क्लबमा प्रवेश गरेको छ । यो समाचार तयार पार्दासम्म गीतले १ करोड माथि भ्यूज पाउनुका साथै ३ हजार ५ सय ५६ कमेन्टहरु पाएको छ ।



राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको यो गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको यो गीतले सार्वजनिक भएको एक महिनामै युट्युबमा एक करोड प्लस भ्युज पाएको हो ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा स्वस्तिमा खड्काका साथमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई प्रस्तुत गरिएको गीत लोभलाग्दो भ्युजका साथ युट्युबमा लामो समयसम्म ट्रेन्डिङ नम्बर वानमा बस्न सफल भएको थियो ।हेमराज बिसी निर्देशित चलचित्र ‘छक्का पञ्जा ४’ले यतिबेला हलमा आक्रामक व्यापार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट