प्रमिला यादवले लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता-Sutra News

प्रमिला यादवले लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता

सोमबार, २९ फाल्गुन २०७९

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौं – सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिएकी छिन् । जनता समाजवादी पार्टी नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी यादवले आज आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।



उनले पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट