काठमाडौं – बलिउडका चर्चित अभिनेतथा शाहरुख खान नयाँ फिल्ममा जोडिने भएका छन् । फिल्म ‘पठान’ हिट भएपछि पछिल्लो समय शाहरुखलाई फिल्मको अफर आइरहेको छ । पठानपछि शाहरुखले फेरि बक्स अफिसमा धमाका गर्ने अनुमान लगाइएको छ ।
निर्देशक सिद्धार्थ आनन्द आफैंले ट्वीटरमा शाहरुख खान आफ्नो आगामी फिल्म ‘धूम–४’ को हिस्सा हुने खुलासा गरेका छन् । किङ खानले धूम ४ बाट पनि आँधी ल्याउनेछन् । फिल्म पठानको ठूलो सफलताबाट सिद्धार्थ आनन्द निकै खुसी देखिन्छन्, त्यसैले उनले धूमको चौथो संस्करणका लागि शाहरुखलाई साइन गरेका छन् ।
अर्को ठूलो फिल्मको घोषणा भएपछि ‘शाहरुख खान’का फ्यानहरु खुसीले उफ्रिरहेका छन् । पठानसँग टक्कर दिएपछि सिद्धार्थ आनन्द र शाहरुखको जोडी अब ‘धूम ४’ बाट पुनस् धमाका गर्न तयार छ ।