एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त-Sutra News

एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त

सोमबार, २९ फाल्गुन २०७९

सोमबार, २९ फाल्गुन २०७९

काठमाडौं, २९ फागुन । एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए ।



संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गरेका हुन् ।

आइतबार नेता ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट