

नेकपा (एमाले)को संसदीय दलको उपनेताको जिम्मेवारी सुवासचन्द्र नेम्वाङलाई दिइएको छ ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन।
उनी २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष भइसकेका छन।