राष्ट्रपति उपराष्ट्रपतिको तलब कति हुन्छ ?-Sutra News

राष्ट्रपति उपराष्ट्रपतिको तलब कति हुन्छ ?

मंगलबार, ३० फाल्गुन २०७९

मंगलबार, ३० फाल्गुन २०७९

बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन्। ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ। उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको व्यवस्था गरेको छ।



ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकबापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन्। राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ। उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन्। राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर अतिरिक्त रकम दिने व्यवस्था पनि गरिएको छ। उक्त रकम भने अतिथि सत्कार तथा भैपरि आउने खर्च शीर्षकअन्तर्गत छुट्याइन्छ।

गर्दा ३ हजार ३ सय रूपैयाँ तथा विदेश भ्रमणमा जाँदा २ सय ५० अमेरिकी डलर दैनिक भत्ता तोकिएको छ।

युरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमणमा जाँदा भने उल्लिखित दरमा ३३ प्रतिशत रकम थपेर दिने व्यवस्था पनि ऐनमा गरिएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिले प्रमुख स्वकीय सचिव (रा.प. विशिष्ट श्रेणीसरह ) एक-एकजना कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ। स्वकीय उपसचिव (रा.प. प्रथम श्रेणीसरह) राष्ट्रपतिका लागि २ जना तथा उपराष्ट्रपतिका लागि १ जना व्यवस्था गरिएको छ। यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उपस्वकीय सचिव (रा.प. द्वितीय श्रेणीसरह), स्वकीय अधिकृत (रा.प. तृतीय श्रेणी सरह), कम्प्युटर सहायक, फोटोग्राफर, प्रेस संयोजक (रा.प. अनंकित प्रथम श्रेणीसरह), सवारी चालक (श्रेणीविहीन) तथा कार्यालय सहयोगीको समेत व्यवस्था गरिएको छ।

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिका लागि के व्यवस्था छ?
गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति तथा निवर्तमान राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवासुविधासम्बन्धी व्यवस्था ऐनमा उल्लेख छैन।

प्रथम राष्ट्रपति डा. रामवरण यादवका हकमा मन्त्रिपरिषद्ले निर्णय गरेर सेवासुविधाको व्यवस्था गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर डा. यादवलाई मासिक ५० हजार रूपैयाँ पारिश्रमिक तथा घरभाडा तथा थप सेवासुविधाबापत मासिक २ लाख रूपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ।

इन्धनबापत सरकारले मासिक २ सय लिटर तेल उपलब्ध गराउँदै आएको बस्नेतले बताए। यसैगरी आवास तथा सचिवलायको पनि व्यवस्था गरिएको छ। पूर्वउपराष्ट्रपतिका हकमा भने मन्त्रिपरिषद्बाट निर्णय नगरिएको गृह मन्त्रालय स्रोतका भनाइ छ।

बुढानीलकण्ठमा निर्माण भइरहेको निवर्तमान राष्ट्रपति विद्या भण्डारीको निवासका लागि चार ठाउँमा सेन्ट्री पोस्ट निर्माण गर्न १० लाख रूपैयाँ खर्च गर्न प्रस्ताव तयार गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार साहले जानकारी गराए।

१० लाख रूपैयाँ अर्थले पठाए सेन्ट्री पोस्टमा खर्च गरिने साहको भनाइ छ। गृह मन्त्रालयका प्रवक्ता बस्नेतले भने निवर्तमान राष्ट्रपति भण्डारीका हकमा सेवासुविधाको सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी रहेको जानकारी गराए। नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट