संघीयताले देशलाई टाट पल्टाएको भन्दै संघीयताविरुद्ध देशव्यापी अभियान चलाउदै राष्ट्रिय जनमोर्चा-Sutra News

संघीयताले देशलाई टाट पल्टाएको भन्दै संघीयताविरुद्ध देशव्यापी अभियान चलाउदै राष्ट्रिय जनमोर्चा

मंगलबार, ३० फाल्गुन २०७९

मंगलबार, ३० फाल्गुन २०७९

काठमाडौं – चीत्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७ देखि २८ गतेसम्म बुटवलमा बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले यस्तो निर्णय गरेको हो ।



बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको एक नेताले जानकारी दिए । संघीयता खारेजको कुरा उठाउदै आएको जनमोर्चाले अब प्यूठान,बाग्लुङ,अर्घाखाँची सहित रुपन्देही, कैलाली, कन्चनपुरमा कार्यक्रमकको आयोजना गर्ने भएको हो । संघीयताले देशलाई टाट पल्टाएको भन्दै विरोधको कार्यक्रम गर्न लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट