वर्षा शिवाकोटीको विवाह एक बर्ष पनि टिकेन, आशिषले गरे अर्को विवाह-Sutra News

वर्षा शिवाकोटीको विवाह एक बर्ष पनि टिकेन, आशिषले गरे अर्को विवाह

मंगलबार, ३० फाल्गुन २०७९

मंगलबार, ३० फाल्गुन २०७९

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीको नयाँ कुरा खुलासा भएको छ । गत वैशाखमा अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाको विवाह १० महिनामै टुटेको छ । सोमबार आशिषको एक आफन्तको फेसबुकमा सार्वजनिक भएको एक तस्बिरबाट बर्षा र आशिषको सम्बन्ध टुटेको छर्लंग भएको हो ।



तस्बिरमा आशिषले अर्कै युवतीसँग विवाह गरेको देखिएको छ । तस्विर र भिडियोमा अर्कै युवतीसँगको विवाह देखिएपछि वर्षासँगको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि भएको हो । सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो भाइरल बनेको छ ।

वर्षाले गत वैशाखमा गेलालसँग विवाह भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं।हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवद। सप्रेम ! आशिष र वर्षा।’ विवाहको केही समयपछि दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेको थियो । त्यसपछि यी दुईबीच सम्बन्ध राम्रो नरहेको अनुमान पनि लगाइएको थियो । एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो पनि डिलिट भएको थियो । दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक पनि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट