आफ्ना नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन – ‘जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्नुहोस्’-Sutra News

आफ्ना नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन – ‘जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्नुहोस्’

मंगलबार, ३० फाल्गुन २०७९

मंगलबार, ३० फाल्गुन २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।



गत फागुन २७ गतेदेखि चितवनको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा लामिछानेले सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिएका हुन्। उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताए ।

सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेको भन्दै आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनले बताए ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट