काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई स्थीरता राखेर नै मुलुकको बिकासको आकांक्षा पुरा हुने बताएका छन् ।मंगलबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता शर्माले अवको पाँच बर्ष जनताको अपेक्षा पुरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताए ।
उनले पाँच बर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पुरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताए ।
उनले अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पिडा लगाएत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने बताए । उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको पनि बताए ।