काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताएका छन् । मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । मृत्युदण्डको सजाय दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकाले आफू त्यसको पक्षमा नरहेको ओलीले बताए ।
बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने उनको भनाइृ छ । उनले भने – ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’
मानव अधिकार आयोगलाई घेराबन्दी गरेर धम्की दिइने गरेको भन्दै उनले मानव अधिकारको पक्षमा एमाले सधैं उभिने बताए। चाहेर पनि नचाहेर पनि अरुकोभन्दा एमालेसँग मानव अधिकारको विषयमा अधिकारकर्मीको विचार मिल्ने उनले बताए ।