उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु, पाकिस्तानमा आकस्मिक अवतरण-Sutra News

उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु, पाकिस्तानमा आकस्मिक अवतरण

मंगलबार, ३० फाल्गुन २०७९

मंगलबार, ३० फाल्गुन २०७९

उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ।



दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो।

मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ।

विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको बीबीसीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट