उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय-Sutra News

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

बुधबार, १ चैत्र २०७९

बुधबार, १ चैत्र २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।



बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।

आज बसेको बैठकमा रासायनिक मलसम्बन्धी चर्चा चलेको थियो । ‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट