एमाले सचिवको प्रश्न- राष्ट्रपति रामचन्द्रले सपथ लिंदा गल्ति गरे, पुन:सपथ लिनु पर्छ कि पर्दैन?-Sutra News

एमाले सचिवको प्रश्न- राष्ट्रपति रामचन्द्रले सपथ लिंदा गल्ति गरे, पुन:सपथ लिनु पर्छ कि पर्दैन?

बुधबार, १ चैत्र २०७९

बुधबार, १ चैत्र २०७९

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको सपथको विषयलाई लिएर आपत्ति जनाएका छन् ।



उनले रामचन्द्र पौडेलले सपथ लिंदा प्रतिज्ञा गर्छु भन्नुपर्नेमा पर्तिक्षा गर्छु भनेको भन्दै उनले पुन सपथ लिनुपर्ने संकेत गरेका हुन् ।

‘अमेरिकी राष्ट्रपति ओबामाले सपथको बेहोरा सहि उच्चारण नगर्दा पुन: सपथ गर्नु परेको थोयो । हाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नु पर्नेमा प्रतिक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ ।

हाम्रा राष्ट्रपतिले पुन: सपथ लिनु पर्छ कि पर्दैन होला ? ‘ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट