काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक राजनीतिक कार्यक्रममा बोल्दै नेता चन्दले यस्तो चेतावनी दिएका हुन् ।
‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र ? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्धमात्रै अपवाद हो, जाे नागरिकले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रूपमा अपराधीकरण गर्न खोजिँदैछ । तर त्याे युद्ध लडेको मान्छे अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन ।’
त्यस्तै उनले विप्लवले दलाल, पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिस्ट पार्टीहरूबीचको एकता प्रक्रियालाई सुरु गरेको बताएका छन् ।