शाहरुख खानका कारण फिल्म ‘लाल सिंह चड्डा’लाई फाइदा भएको थियो-Sutra News

शाहरुख खानका कारण फिल्म ‘लाल सिंह चड्डा’लाई फाइदा भएको थियो

बिहिबार, २ चैत्र २०७९

बिहिबार, २ चैत्र २०७९

मुम्बई, २ चैत । अभिनेता आमिर खानले अर्का अभिनेता शाहरुख खानका कारण आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई फाइदा भएको दाबी गरेका छन् । हालै आमिरलाई साउथ फिल्मको बढ्दो लोकप्रियताका विषयमा सोधिएको प्रश्नमा शाहरुखले ‘लाल सिंह चड्डा’लाई ‘केजीएफ २’सँग द्वन्द्व हुनबाट बचाएको खुलासा गरेका हुन् ।



आमिरका अनुसार शाहरुखको रेड चिलिज कम्पनीले उनको फिल्मको भीएफएक्स बनाउन ढिलाई गरेका कारण ‘केजीएफ २’सँग भिड्नबाट फिल्म जोगिएको थियो ।

‘हिन्दी दर्शकमा केजीएफ २ को जबरदस्त उत्साह थियो, त्यसकारण मेरो फिल्म ढिलो रिलिज भएको हो’, उनले भनेका छन्, ‘जुन समयमा केजीएफ २ रिलिज हुने तयारीमा थियो, मेरा केही पुराना साथीहरु र हिन्दी दर्शकबीच त्यो फिल्मलाई लिएर गज्जबको उत्साह थियो । लाल सिंह चड्डा पनि सोही दिन रिलिज हुने तयारीमा थियो, तर हामी यसकारण भाग्यशाली रह्यौं कि रेड चिलिज इन्टरटेनमेन्ट फिल्मको भीएफएक्समा थोरै समय लिइरहेका थिए । यसकारण हामी बच्यौं ।’

आमिरको फिल्म सिंगल रिलिज भए पनि दर्शकले फिल्म मनपराएनन् । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यो फिल्म सन् १९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक थियो ।

करिब १ सय ८० करोडमा बनेको आमिरको फिल्मले विश्वव्यापी रुपमा १ सय ३० करोडमात्र कमाउन सक्यो । फिल्ममा करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट