इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए फेसन डिजाइनर नन्दिता र एक्सन स्टार जामवाल-Sutra News

इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए फेसन डिजाइनर नन्दिता र एक्सन स्टार जामवाल

बिहिबार, २ चैत्र २०७९

बिहिबार, २ चैत्र २०७९

मुम्बई, २ चैत । बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरुले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए ।विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरुले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरु निकट स्रोतले भनेको छ ।



उनीहरुले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सामाजिक सन्जालमार्फत आफूहरु इन्गेज्ड भएको जानकारी दिएका थिए । उनीहरुले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट