सिन्धुलीमा ढुंगा निकाल्ने क्रममा पहिरोमा च्यापिएर ३५ वर्षीय टेकबहादुरको मृत्यु-Sutra News

सिन्धुलीमा ढुंगा निकाल्ने क्रममा पहिरोमा च्यापिएर ३५ वर्षीय टेकबहादुरको मृत्यु

बिहिबार, २ चैत्र २०७९

बिहिबार, २ चैत्र २०७९

सिन्धुली, २ चैत-सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिएर बिहीबार दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।



ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट